जीवन आमा बुवाको संघर्ष बुझ्ने यात्रा (उमेर बढ्दै जाँदा जीवन डरलाग्दो)
-बिहान १:३४ / बिहिवार भदौ २७ गते २०८१
जीवन आमा बुवाको संघर्ष बुझ्ने यात्रा (उमेर बढ्दै जाँदा जीवन डरलाग्दो)
यो जीवनमा हरेक मानिसहरूको दुःख नी छ सुख नी छ हाँसो नी छ भने रोदन नी छ कति कठिनाइ छन् कसैलाई पुगिसरी सरी, भाग्यले पनि भेदभाव गरेर पठाएको छ। यो जीवनमा त कोही भोकै पर्दछन् भने भने तलाई खानको दुःख हुन्न भनी पठाएको छ नियतिले।
जीवनमा बाबुआमाले जन्म दिनुहुन्छ अनि रुवाई देखि हाँसो, रोदन पाइला सर्दै जाने, बोली फुट्ने क्रम जारी हुँदै आमाले खुवाई दिने देखि हरेक कुराको ख्याल राख्ने देखि अब आफै गर्नु पर्छ भन्ने बुद्धि पलाउने सम्म त के डरलाग्दा हो र! आफूले भोगेका कमी र मेटिएका रहरहरु छोरा छोरीले पूरा गरून् भनेर देखेर रहर र उसको भविष्य साकार बनाउने सोच सम्म र बाबु आमाको हाथ रहन्जुल सम्म जीवन उज्यालो छ।
तर जब ठूलो भएर उ समाज सँग भिज्न खोज्छ तब देख्छ उसले जीवनको असली रुप— आफन्त भनिएकाहरु अभलो चिताईरहेका भेटिन्छन् भने कोही 'ए त्यसको त त्यसको रैछ' भनी बढाई चढाई गरेर कुरा गरेर आत्मसम्मानको धज्जी उदाईरहेका हुन्छन्। तब 'ए म छुनी' भनिएका सब कानमा गुन्जिन्छ अनि 'ए होर' भन्नेको ताती रहन्छ। तब बुझिन्छ आमा बुवाको संघर्ष।