उ हरेक कुरा खुलेर व्यक्त गर्न सक्दैन
-राति १:५० / शुक्रवार साउन ३२ गते २०८१ / Aug 15
जीवन रमाइलो छ। जीवन उल्लासमय छ। कसैको जीवन भरी पूर्ण छ कतिको दुःखदायी। कसैको शारीरिक, मानसिक रूपमा सबै ठीक छ भने कतिको आफ्नो आफ्नै कमजोरी, यस्तै छ जीवन, यही जीवनमा एउटा म पनि छु जसको जीवनमा केही खुशी छ त केही अत्यन्त उदास लाग्दो कुरा।
मान्छेको मनमा कत्ति कुरा आउँछ कति बोल्न मनलाग्छ आफ्नो विचार पोख्न मन लाग्छ भने आफ्नो कुरा ढुक्क व्यक्त गर्न मन लाग्छ तर एउटा पात्र म छु जो मनमा लागेका हरेक कुरा व्यक्त गर्न सक्दैन, हरेक कुरा खुलेर गर्न सक्दैन किन उसलाई डर छ कत्ति खेर उसको बोली रोकिने हो भनेर, किराना दोकानमा गएर उ किन्न सक्दैन कतै गएर बोल्न आँट आउँदैन खुल्ला रूपमा नअड्की बोल्न मनलाग्छ तर सक्दैन।
त्यसै बीचमा उसलाई थाहा हुन्छ गीत गाउँदा बोली निर्धक्क नअड्कि ऊ गाउन सक्छ अनि संगीतलाई अंगाल्छ ऊ शब्द कोर्छ अनि मनमा लागेको कुरा लेख्छ, खाली गीत गुनगुनाउने गर्छ, जीवन यही हो भनी अघि बढ्छ। उसलाई जहिले लाग्छ म अरू भन्दा फरक छु, अरू नआएर बोल्दैनन् वा खुबि नभएर बोल्दैनन् तर उसको त के भन्नु— नियतिले ठग्नु सम्म ठग्यो। बोली पनि बिजुली र पानी जस्तो, कहिले आउने त कहिले आउँदै नआउने बनाएर पठायो।