नयाँ बर्ष अनि नयाँ उमङ्गको आश
- April 14, 2025
आज बैशाख १ अनि नयाँ बर्ष आउने बितिकै जिबननै बद्लिने जस्तो किन गर्छौ हामी, बस समय आफ्नो बेगमा छ, अनि हामी आआफ्नो बेगमा अनि आफ्नै संसारमा, तर बितेका समयमा भएका गल्तीहरू चै नदोहोर्याउने प्रयास चै गर्न सकिन्छ है। किनभने जिवनमा हाम्रो बस्ने समय धेरै कम छ नी जीवनमा आएको अचित्व त रहन पर्यो नी, म नी जीवनमा आएको थिए अनि यो यो गरे भनेर भन्न कम्ता मज्जा आउदो हो, लाचार भएर आए हैं जीवनबाट हार राखेर भन्न त के मज्जा भयो र। जीवन हो उठ्दै लड्दै फेरि उठ्दै अनि उड्नु सम्मको यात्रा छ नी महसुस गर्नु छ। अहिले उठ्ने लड्ने क्रम जारी छ, उड्ने समयले पछ्याउँदै छ बस कुरीरहेको छ। अबस्य उड्ने छु। नयाँ वर्षको शुभकामना म आफैलाई बितेका समयबाट पाठ सिकेर अघि बढ्ने आँट अनि बुद्धि आयोस्।